समाचार

रेबिज लागेर एक जनाको मृत्यु



चितवन, २५ बैशाख । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । 

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।