काठमाडौँ, १ जेठ । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को विदेशी बजारमा पनि माग बढेको छ ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईका अनुसार विदेशबाट फिल्मको माग उच्च भएको बताए । अष्ट्रेलियामा यो चलचित्रको प्रदर्शन अधिकार बिक्री भएको छ ।
चलचित्रको अष्ट्रेलियामा बिक्री अधिकार बीआई इभेन्ट्सले पाएको छ । चलचित्रलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने विषयमा भने निर्माणपक्षले खुलाएको छैन ।
महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा धेरै छ । त्यसकारण दर्शकहरुको मागलाई ध्यानमा राखेर चलचित्रको अष्ट्रेलियामा प्रदर्शन अधिकार खरिद गरेको बताइएको छ ।
उक्त फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।










प्रतिक्रिया दिनुहोस्