काठमाडौँ, ३ जेठ । बर्दियामा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बढैयाताल गाउँपालिका–२ फुटाहस्थित भारतको बलैई गाउँबाट शंकास्पद रुपमा नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्ला रुपन्देही सुध्दोधन गाउँपालिका–४ फर्सटिकरका २३ वर्षीय अमितबहादुर कार्कीलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको हो ।
कार्कीले पर्सभित्र लुकाईछिपाई राखेको अवस्थामा १ सय ७ मिलीग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बढैयाताल–७ कर्णालीपुरबाट जिल्ला बाँके बैजनाथ गाउँपालिका–८ पिपीरीका २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । भे १२ प ६८२१ नम्बरको स्कुटरमा सवार भई भारतको बलैई गाउँबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा प्लास्टिकभित्र हरियो तरकारी भिन्डीको कोसाभित्र लुकाई राखेको ३ सय २० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको हो ।
तीनै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद लिई इप्रका मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्