रौतहट, ३ जेठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा दुर्घटनामा परेर एकजना अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार गएराति १० बजेको समयमा चन्द्रपुर ४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाइते अवस्थामा लडेको फेला परेको थियो ।
प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको हो । राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्