काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादवलाई पक्राउ गरेको हो ।
दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२.९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो । त्यस क्रममा पक्राउ गरी केरकार गरेर उनीहरुको घर खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको हो ।
साथै एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद समेत बरामद भएको छ । दुवैजना लागुऔषध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दिनेश यसअघि यसअघि ३ साउन २०८० मा ३.६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेर ६ महिना जेल सजाय भुक्तान गरी ५ माघ २०८० मा छुटेका थिए ।










प्रतिक्रिया दिनुहोस्