राजनीति

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता



काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता भइरहेको छ । भेटवार्ता विषयसूची अनुसार नभई नियमित भएको बताइएको छ ।