काठमाडौँ, ८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई बोलाएको बखत उपस्थित हुने गरी छुटेका छन् ।
अख्तियारले उनलाई हिजो राति कागज गराएर छोडेको हो । भट्टराईलाई आज बिहीवार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले हिजो दिउँसो पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्