रुकुम, ९ जेठ । रुकुम पश्चिममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
रुकुम पश्चिम प्रहरीका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिका-३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो ।
उनी नेपाल विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए । बिहीबार राति १० बजेतिर मुसिकोट नगरपालिका-४, बोहोरागाउँस्थित विद्युत् पोलको काम गर्न गएका थिए ।
त्यही वेलामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्