समाचार

बेपत्ता चौधरीको शव फेला



काठमाडौँ, १२ जेठ । लमजुङको बेसीसहर नगरपालिका–६, खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । 

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय नन्दकिशोर चौधरीको शव सोमबार सशस्त्र प्रहरीले फेला पारेको हो । आश्रित गुल्म लमजुङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक पुरीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले नदीको बीच भागमा शव फेला पारेको हो ।

नदीको बहाव धेरै भएको हुनाले जिल्ला प्रशासन कार्यालय लमजुङ र हाइड्रोपावरसँग आवश्यक समन्वय गरी शव बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।