बुटवल, १४ जेठ । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको एघारौँ बैठक आज दिउँसो १ बजे बस्दै छ ।
बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ । यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू पेस गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्