राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । 

त्यसका लागि पौने २ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो । 

आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।