राजनीति

रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै



काठमाडौँ, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ ।

सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको छ । बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुने छ ।