समाचार

बाटो चौडा गर्ने क्रममा पोल ढलेर एक जनाको मृत्यु



काठमाडौँ, २१ जेठ । ललितपुरको ठैबमा बाटो चौडा गर्ने क्रममा पोल ढलेर एक जनाको मृत्यु भएको छ । 

ललितपुर प्रहरीका अनुसार पोल ढलेर लाग्दा रमेश खड्गीको मृत्यु भएको हो । अहिले स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।

स्थानीयको विरोधका कारण बाटो अवरुद्ध भएको छ ।