राजनीति

एमाले देश र जनताप्रति सधै उत्तरदायी छ: वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौँ, २४ जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताउनुभएको छ । 

नेकपा (एमाले) ओखलढुंगा–लिखु सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमाले पार्टी देश र जनताप्रति सधै उत्तरदायी रहेको बताउनुभयो । उहाँले एमालेले तीनवटा विषय कहिल्यै नगर्ने बताउनुभयो । उहाँले एमालेले जन्मसिद्ध नागरिकलाई कहिल्यै पनि शासन चलाउने अधिकार नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले राजाको पालामा र अहिलेको तुलना गर्दा देशमा तीब्र विकास भइरहेको भन्दै एमाले अनिर्वाचित सत्ताको पक्षमा नरहेको बताउनुभयो । राजाको पालामा विकास नभएको भन्दै अहिले प्रतिव्यक्ति आय बढेको बताउनुभयो । नेता पोखरेलले नेपाली काँग्रेससँग राणाविरोध आन्दोलनदेखि एमालेले सहकार्य गर्दैआएको बताउनुभयो । 

एमालेले रास्ट्रियता, स्वाधिनता केन्द्रीत भएको कारणले एमालेमाथि प्रहार भएको बताउनुभयो । उहाँले एमाले नहुने हो भने रजगज गर्छौ भन्ने शक्ति एमाले विरुद्धमा लागेको बताउनुभयो । उहाँले नेपाल भौगोलिक जाति जातीको बिचमा लडाइँ लडाउने शक्ति लागिपरेको उल्लेख गर्दै कोशी प्रदेशमा पनि तिनै शक्तिले आन्दोलन गरेको बताउनुभयो ।