राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक १५ असारमा बस्ने



काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसले १५ असारमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने बताइएको छ ।