राजनीति

गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुस् : अध्यक्ष लिङ्देन



काठमाडौँ, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई नैतिकता छ भने राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सहसचिवभन्दा ठुलो व्यक्ति को हुन्छ ? मन्त्री बाहेक भन्दै प्रश्न गरे । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारसँग सहमति गरेर लुटमा साथ दिएको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले सरकारले जंगे शासन लाद्न खोजेको भन्दै आपत्ति जनाए । उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका घटक मध्यका कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि भेट्न पुगेका राप्रपा सांसद दीपक सिंहलाई नियन्त्रणमा लिएकोप्रति पनि आपत्ति जनाए ।