राजनीति

संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आन्दोलन जारी रहन्छ : रास्वपा



काठमाडौँ, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् ।

उनले १८ दिनदेखि ११ वटा बैठक अवरोध गरेको भए पनि माओवादीले सत्तापक्षसँग सम्झौता गरेको भन्दै कटाक्ष गरेका थिए ।

उनले भने, “अख्तियारले नौ पल्ट पत्र काटेको छ । बदमासी भएको छ ध्यान देऊ भनेर,” “त्यसबेलासम्म सरकारले के हेरेर बसेको थियो ? अर्को कुरा कर्मचारी तानिएपछि गृहमन्त्रालय नराखेर बाहिर सरुवा गरिनु थप शंका होइन र ?”