राजनीति

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित



काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

आजको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभामुख देवराज घिमिरेले अगाडि बढाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षसँग भएको सहमतिबारे जानकारी गराएका थिए ।

त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो धारणा राखे । लिङदेनले गृहमन्त्री रमेश लेखकलाई नैतिकता छ भने राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरे । त्यसपछि रास्वपाका सांसद मनिष झाले धारणा राखे ।

उनले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए । त्यसपछि भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपबारे गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिए । लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर आरोप लगाइएको र त्यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए ।