राजनीति

अपाङ्गता भएका व्यक्तिको हकहितका लागि कांग्रेस प्रतिबद्ध छ: सभापति देउवा



काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले शुक्रबार सानेपामा गरेको कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र प्रतिनिधित्व सुनिश्चत गर्नका लागि पार्टीको विधानमा आवश्यक संशोधनका लागि समेत आफू तयार रहेको बताए ।

कांग्रेस नेताहरूले अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेताहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि कांग्रेसले संविधान र कानुन निर्माणमा समेत ध्यान पुर्‍याएको भन्दै पार्टीमा समेत प्रतिनिधित्व बढाउनका लागि विधानमा आवश्यक प्रबन्ध गर्नुपर्ने बताए ।