काठमाडौँ, १ असार । मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन् ।
मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।
भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो । File Photo










प्रतिक्रिया दिनुहोस्