काठमाडौँ, २ असार । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद दिनुपर्ने भन्दै व्यङग्य गर्नुभएको छ ।
भिजिट भिषामा गृहमन्त्रीले राजिनामा दिई संसदीय समिति बनाई छानविन गर्नुपर्ने माग गर्दै रास्वपाले प्रतिनिधिसभाको बैठकलाई करिव तीन हप्तादेखी निरन्तर अवरोध गर्दै आइरहेको छ । सोही प्रसंगमा सांसद बाँस्कोटाले सरकारले प्रस्तुत गरेको बजेटलाई आफुले पनि आलोचना गर्न नसकेको र अन्य दलहरुलाई पनि अवरोध सिर्जना गरी आलोचना गर्न नदिएकोमा रास्वपालाई धन्यवाद दिनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो।उनीहरुले सरकारलाई आफुले पनि आलोचना नगरिकन र अरुबाट हुन सक्ने मौका समेत बन्द गरि दिएर हुनसम्म सजिलो बनाई दिए।बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला।जे होस देउसी लय मिलेको छ ।’










प्रतिक्रिया दिनुहोस्