चितवन, २ असार । गैंडाले आक्रमण गर्दा आइतबार साँझ चितवनको मेघाैलीमा एकजनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२८ का ६० वर्षीय जंगे कुमालकाे गैंडाकाे आक्रमणमा परी ज्यान गएकाे हाे ।
माछा मार्न खाेलामा गएका बेला कुमाललाई आइतबार साँझ आठ बजे तिर गाउँ आडकाे राप्ती खाेलामा गैंडाले हानेकाे हाे।
आक्रमणपछि गम्भीर घाइते भएका जंगेलाई उपचारका लागि भरतपुरकाे सरकारी अस्पताल लगिएकाे थियाे । चिकित्सकले राति नाै बजे जंगेलाई मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्