समाचार

होटलको तेस्रो तलाबाट खसेर एक युवकको मृत्यु



काठमाडौँ, ३ असार । मकवानपुरको होटलको तेस्रो तलबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय अमित मोक्तानको हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाबाट खसेर मंगलबार बिहान मृत्यु भएको हो ।

सोमबार होटलबाट खसेर घाइते भएका मोक्तानलाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचार गर्न चितवनस्थित भरतपुर अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । उक्त होटलमा मोक्तानकी पत्नी काम गर्थिन र त्यही होटलमा बस्थिन । मोक्तान पनि पत्नीलाई भेटन आएका थिए ।