राजनीति

पाँच दलसँग सभामुख घिमिरे छलफलमा



काठमाडौँ, ३ असार । संसद्काे चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले आज प्रमुख पाँच दलसँग छलफल गरेका छन् ।  

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

सभामुखले संसद्मा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गरेका थिए ।