काठमाडौँ, ४ असार । पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा ठूलो पानी परेको छ ।
नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।
यी क्षेत्र आसपासका नदी तथा खोलामा जलसतह बढ्न सक्ने र बाढी पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै डडेलधुुरा, दाङ, तनहुँलगातका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो ।










प्रतिक्रिया दिनुहोस्