काठमाडौँ, ८ असार । बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ । खपत बढेसँगै आयातसमेत वृद्धि भएको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा (साउन–जेठ) ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपियाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा ५१ अर्ब ७६ करोड २६ लाख ७९ हजार रुपियाँको चार लाख ८१ हजार मेट्रिक टन आयात भएको थियो । यो वर्ष गत आवको तुलनामा छ अर्ब रुपियाँ बराबरको २५ हजार हजार मेट्रिक टन ग्यास आयात बढी हो ।
सरकारले विद्युत्को प्रयोग बढाएर ग्यासको आयात घटाउने लक्ष्य लिए पनि ग्यासको आयात भने घट्नुका साथै बढ्दै गएको छ । मुलुकमा विभिन्न ५९ वटा ग्यास उद्योगले ग्यास आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको ।










प्रतिक्रिया दिनुहोस्