राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो



काठमाडौँ, ९ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको मिति सारिएको छ ।

अब बैठक निर्धारित मितिभन्दा एकदिन ढिलो बस्ने भएको छ । यसअघि, असार १५ गते बैठक बस्ने भनिएको थियो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक असार १६ गते दिउँसो १ बजेका लागि तोकिएको छ ।