काठमाडौँ, १३ असार । काठमाडौँ जिल्लास्थित बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बिहीबार राति ११ः५५ बजेको विवरणअनुसार नदीहरूमा पानीकाे सतह सतर्कता तह आसपास पुगेको बताउँदै सतर्क रहन आग्रह गरेकाे हाे ।
राति एक सूचना जारी गर्दै विभागले नदीमा पानीको तह बढ्दो क्रममा रहेकाले नदी किनार आसपास बसोबास गर्ने तथा विष्णुमती नदी छेउ यात्रा गर्दा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्