राजनीति

सांसद गिरीद्वारा सभापति र सचिवको राजीनामा माग



काठमाडौँ, १८ असार । नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् ।

आज बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन् । गिरीले बैठकमा समितिका सचिव सुरज दुराको पनि राजीनामा मागेका छन् । उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए ।

उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए ।