समाचार

श्रीमानद्वारा श्रीमतीको हत्या



काठमाडौँ, १९ असार । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादको कारण श्रीमानले  धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको  हत्या गरेको छ । 

बारा प्रहरीका अनुसार स्थानीय  ३५ वर्षीय बच्चा मियाँले घरेलु आफ्नी २३ वर्षीय श्रीमती सहिना खातुनलाई मासु काट्ने हतियारले टाउको र घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न मियाँलाई  प्रहरीले प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान अगाडि बढाइएको छ ।