काठमाडौँ, २० असार । धनुषामा गोली चलेको छ ।
बिहीबार साँझ विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप सातजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त हुँदा सातजना सशस्त्र प्रहरी घाइते भएका हुन् । घाइतको अवस्था सामान्य रहेको छ ।
भिडन्तमा चार राउन्ड गोली र १३ सेल अश्रु ग्यास प्रहार भएको थियो । शंका लागेर प्रहरीले सीमा क्षेत्रका घरमा खानतलास लिँदा तस्करहरूले आक्रमण गरेका थिए । तस्करहरू कोही पनि नियन्त्रणमा छैनन् ।










प्रतिक्रिया दिनुहोस्