समाचार

पेस्तोलसहित भारतीय नागरिक पक्राउ



झापा, २४ असार । भारतसँग सीमा जोडिएको झापाको काकडभिट्टा नाका हुँदै पेस्तोलसहित नेपाल छिर्न खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काकडभिट्टा प्रहरीको टोलीले भारत सिलगुडीका २५ वर्षीय प्रतीक अग्रवाललाई पक्राउ गरेको हो । उनले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटर जाँच गर्ने क्रममा पेस्तोल र १८ थान गोली बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डीएसपी राजन लामाका अनुसार जाँचका क्रममा पेस्तोलसहित भेटिएका युवामाथि थप अनुसन्धान थालिएको छ । अग्रवालको साथबाट चार थान विभिन्न कम्पनीका मोबाइल समेत फेला परेको छ ।