काठमाडौँ, २५ असार । काठमाडौँ उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण विष्णुमती र बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार काठमाडौँको गोङ्गबुस्थित विष्णुमती नदी र गौरीघाटस्थित बागमती नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। दुवै नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढीको जोखिम बढेको विभागले जनाएको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘विष्णुमती नदी गोङ्गबु र बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरूले सतर्कता अपनाईराखौँ।’










प्रतिक्रिया दिनुहोस्