काठमाडौँ, २५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता रुढ दल नेपाली कांग्रेस र एमाले वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष नभएको दावी गर्नुभएको छ ।
सरकार र प्रतिपक्षका हिसावले माओवादी प्रतिपक्षी दल भएता पनि वर्तमान संविधान र गणतन्त्रको भने संस्थापन पक्ष भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाली राजनीतिको नै संस्थापन पक्ष भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो भने कांग्रेस र एमाले प्रतिपक्ष हुन्, यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष होइनन् ।’
अहिले संख्याको हिसावले तेस्रो दल भएको उल्लेख गर्दै अधिकार र पहिचनाको स्थापना माओवादीले गरेको उहाँले दावी गर्नुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ । तर हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।










प्रतिक्रिया दिनुहोस्