काठमाडौँ, २५ असार । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वृद्धि भएको छ ।
बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो । यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
आज २४८ कम्पनी र ३१६ वटा स्क्रिपका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ । आज १९९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ४९ वटाको मूल्य घटेको छ ।
कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन। आज सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रह्यो, जसको सेयर मूल्य ६.२१ प्रतिशतले बढ्यो। त्यसैगरी, सञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशत र एनआईसी एसिया बैंकको लगानीकर्ताले ३.९३ प्रतिशत कमाए ।










प्रतिक्रिया दिनुहोस्