काठमाडौँ, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–३, लुप्सीपारमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आज दिउँसो लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका छन् ।
घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ ।










प्रतिक्रिया दिनुहोस्