विश्व

युक्रेनी गुप्तचर अधिकारीको गोली हानी हत्या



एजेन्सी, २७ असार । युक्रेनको राजधानी किभमा एक गुप्तचर अधिकारीलाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ।

गुप्तचर निकाय ‘एसबीयू’ ती अधिकारीलाई बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे कार पार्किङमा अज्ञात व्यक्तिले पाँच गोली हानेर हत्या गरेको बीबीसीले जनाएको हो । 

सामाजिक सञ्जालमा फैलिएको घटनाको भिडियोमा गोली चलाउने व्यक्ति भाग्न सफल भएको देखिएको छ। 

युक्रेनी सञ्चारमाध्यमहरूले मारिएका अधिकारीको नाम कर्नेल इभान भोरोनिच भएको बताएका छन्, यद्यपि गुप्तचर निकायले औपचारिक रूपमा नाम सार्वजनिक गरेको छैन। मुख्य रूपमा युक्रेनको आन्तरिक सुरक्षा र जासुसी नियन्त्रणमा काम गर्दै आएको गुप्तचर संस्थाले रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि रुस भित्रै पनि केही गोप्य हमला र हत्याहरू गरेको सञ्चारमाध्यमहरूले बताएका छन् ।

पुलिसले घटनास्थलमा गोली लागेर मृत भेटिएका व्यक्तिको शरीर फेला परेको बताएको छ। हाल आरोपीको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको बताएको छ ।