ललितपुर, २७ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधान महाधिवेशनको तयारीमा नलागेर कार्यकर्ता पार्टीभित्र नै कित्ताकाट गरेर हिँड्ने नेता कार्यकर्तालाई पार्टीले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो ।
पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको उहाँले दाबी गर्नुभयो । पार्टी र सङ्गठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि अवज्ञा नगर्न उहाँले चेतावनी दिनुभयो ।
“कुनै बेला सरकारमा लगिदिनु प¥यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपङ्क्तिमा रहेका छन्,” महासचिव पोखरेलले भन्नुभयो, “पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारीले पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।”










प्रतिक्रिया दिनुहोस्