राजनीति

च्यासललाई ललकार्ने काम बन्द गर्न योगेश भट्टराईको आग्रह



काठमाडौँ, २७ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेता कार्यकर्ताहरूमा बढेको धुवीकरण बन्द गर्न र आपसमा विमर्श गरेर समाधान खोज्न आग्रह गरेका छन् । 

पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर एकअर्कालक्षित अभिव्यक्ति र टीकाटिप्पणीमा उत्रेका छन् । त्यसैलाई संकेत गर्दै सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा च्यासललाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका हुन् । 

उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ’, ‘बसौँ, आपसमा विमर्श गरौँ,सहकार्यमार्फत समाधान खोजौँ,जबको मर्म पनि यही हो,राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाउँ उभिने आधार !’