अर्थ

अकबरे खुर्सानीको भाउ घट्यो



काठमाडौँ, २७ असार । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको भाउ घटेको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्रतिकिलो १ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।