काठमाडौँ, २७ असार । मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
विहीबार साँझ बसेको मधेश मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मनसुनका बेलामा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ । यस्तै कृषि क्षेक्रमा त्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न मधेश प्रदेश सरकारले आह्वान गरेको छ ।










प्रतिक्रिया दिनुहोस्