अर्थ

सरकार स्थिर कर नीतिको पक्षमा : अर्थमन्त्री पौडेल



काठमाडौँ, २८ असार ।  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपभोक्ता र व्यवसायीहरू सरकारले करका नीतिमा ‘अप एन्ड डाउन’ गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै उनले अब विश्वासका साथ रहन आग्रह गरे ।

“पछिल्ला दिनमा एउटा अनुभूति उपभोक्ता र व्यवसायीहरूका बीचमा पनि के आशंका छ भने, हाम्रो करको नीति विश्वसनीय छैन । सरकारले के गर्छ, के गर्छ, अप एन्ड डाउन, तल–माथि । यताउति गरिरहन्छ भन्ने आशंका थियो । त्यो आशंका निजी क्षेत्र, करकर्ताहरू कसैले पनि गर्न पर्दैन । हामी स्थिर कर नीतिको पक्षमा छौँ,” उनले भने ।