Banner News

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल



काठमाडौँ, २८ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु सकारात्मक रहेको बताएका छन् । 

आज चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वामपन्थी एकताका लागि पहल गर्न राजनीतिका फर्कन्छु भन्नु सकारात्मक भएको बताए । 

उनले भने, “विद्या भण्डारीको एमाले अध्यक्ष बनेर वाम एकताका लागि पहलकदमी गर्छु भन्ने उद्देश्य हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।”

त्यस्तै एमालेले वामपन्थी एकता गर्न चाहे ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको खनालको भनाइ छ । उनले भने, “अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले हो । त्यो समूहले नै अरु सबैलाई एकतावद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको हो,” “एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुने सम्भावना छ ।”