काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्न आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
आज २१२औं भानुजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्तले नेपाली मनमा रामयण रोपेर जानुभएको स्मरण गर्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएको भानुभक्तप्रति नमन व्यक्त गर्दै उहाँले स्रष्टाहरुलाई भानुजयन्तीको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’










प्रतिक्रिया दिनुहोस्