एजेन्सी, ३० असार । इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ ।
इरानको सरकारी समाचार संस्था फार्सका अनुसार १६ जुनमा तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स्थलमा इजरायली आक्रमण भएको थियो । बम विस्फोटका कारण राष्ट्रपति पेजेश्कियनको खुट्टामा चोट लागेको बताइएको छ ।
उनी आपतकालीन सुरुङमार्फत बाहिर निस्किएको र अन्य नेतासमेत सुरक्षित स्थानमा पुगेको जनाइएको छ । यसअघि इजरायलले आक्रमणमा सर्वोच्च नेता आयातोल्ला खामेनी पनि लक्षित रहेको बताएको थियो ।










प्रतिक्रिया दिनुहोस्