समाचार

टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ



काठमाडौँ, ३० असार । सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार टिकटक लाइभमा अभद्र गालीगलौज गरेको आरोपमा धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय रोशनी खातुनलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।