काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी घुस काण्डमा साक्षी किनाारका सदर भएको भन्दै आक्रोस जनाउनुभएको छ ।
मन्त्री क्वाटरमा विहानै आएर विचौतियाले घुसको व्रिफकेस दिएको विषयमा प्रधानमन्त्रीले प्रमाण पुगेपनि बर्खास्त गर्नुपर्ने विषयलाई ध्यान वा दवाव नदिई प्रधानमन्त्रीसँगै बैठकमा भाग लिँदा मिठा कुरा गरेर फर्कनुले कांग्रेस घुस काण्डको साक्षी किनाराका सदर भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।’










प्रतिक्रिया दिनुहोस्