काठमाडौँ, ३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँचजना विषालु च्याउ सेवनबाट बिरामी भएका हुन् ।
बिरामी हुनेहरुमा १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार छन् ।
भारतको नङ्ग्रा जंगलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा परिवारका पाँचै जना बिरामी परेका हुन् । पाँचै जनाको दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्