काठमाडौँ, ३१ असार । एमालेले पार्टीका सबै संगठित सदस्यबाट सुझाव संकलन गर्ने भएको छ ।
केन्द्रीय संगठन विभागको सोमबारको बैठकले विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि पार्टीका सबै सदस्यलाई सक्रिय सहभागी भएर सुझाव दिन आह्वान गर्ने निर्णय गरेको हो । एमालेले विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न ५ साउनमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठकलगत्तै सुझाव प्राप्त हुने गरी केन्द्रीय संगठन विभागले केही दिनभित्रै सुझावका लागि सबै पार्टी सदस्यलाई आह्वान गर्ने निर्णय भएको विभागका सदस्य तथा पूर्वमन्त्री गणेश पहाडीले बताए । २० देखि २२ भदौसम्म ललितपुरको गोदावरीमा एमालेले पार्टीको विधान महाधिवेशन आयोजना गर्दै छ ।










प्रतिक्रिया दिनुहोस्