समाचार

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी



काठमाडौँ, ३१ असार । सुर्खेतमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आज बिहान वीरेन्द्रनगर नगरपालिका-३ मा बस्दै आएका जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्दलाई पक्राउ गरेको हो ।

चन्दले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।